Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ह्वात्तै बढ्याे सुनको मूल्य, यस्तो छ आजको बजार भाउ


    शुक्रबार, बैशाख १६ २०७९
    550
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । सुनको भाउ शुक्रबार प्रतितोलामा एक हजार दूई सय रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँमा काराेबार भइरहेकाे छ । बिहीबार सुन तोलाको ९८ हजार रुपैयाँमा कायम भएको थियो ।

    शुक्रबार तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने स्थिर छ । बिहीबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि एक हजार तीन सय २० रुपैयाँमा निर्धारण भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार