Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालुवाटरमा चुनावी अनुगमन समितिको बैठक बस्दै, बागी उमेदवारको  विषयमा छलफल हुने


    शुक्रबार, बैशाख १६ २०७९
    650
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बस्ने भएको छ । बैठक केही समयमा सुरु हुने समिति संयोजक नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिए । 

    आजको बैठकमा पनि देशभर गठबन्धन विपरित उठेका बागी उमेदवारहरुलाई फिर्ता गराउने विषयमा छलफल हुनेछ ।

    निर्वाचनका सम्बन्धमा तल्ला तहमा भइरहेको गतिविधिका विषयमा पनि छलफल हुनेछ । निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उमेदवारी मनोनयन फिर्ताको समय तोकेको छ । 

    भरतपूरलगातका स्थानमा दलहरुबाट स्वतन्त्र भन्दै बागी उमेदवार उठेका छन् । 

    यसअघि, बिहीबार पनि समितिको बैठक बसेको थियो । बैठकमा बागी उमेदवारी फिर्ता गराउन अधिकतम प्रयास गरिने निणर्य भएको थियो । यस्तै निर्वाचनमा गठबन्धनलाई जिताउनका लागि गतिविधिहरु तिव्र बनाउने पनि सहमति भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार