Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिमकोटमा म्यादी प्रहरी मृत फेला


    शुक्रबार, बैशाख १६ २०७९
    575
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  
    सिमकोट । हुम्ला सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । सिमकोट माथिल्लो बजारस्थित साथीको कोठामा पुगेका एक जना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।

    सर्केगाड गाउँपालिका-६ घर भइ हाल सिमकोटमा रहेका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको ओझाले बताए ।

    उनी साथीको कोठामा मृत फेला परेका थिए । झ्याल-ढोका बन्द रहेको र उनी भूइँमा मृत फेला परेको ओझाले बताए । घटनाबारे कारण खुल्न सकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार