Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी 


    शुक्रबार, बैशाख १६ २०७९
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले बिहीबारसम्ममा ७२ जिल्लामा मतपत्र छपाइ सम्पन्न गरेको  जाएको छ ।

    वैशाख १५ गतेसम्म ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ। हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको छ ।

    आयोगले स्थानीय तह निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका २०७८ को दफा ५ को उपदफा (१) मा उल्लेख भएको जनशक्तिको अतिरिक्त मतपत्र रुजु गरी पठाउन महानगरपालिकाको हकमा सोही निर्देशिकाको दफा ५ (९) बमोजिमको अवधिभरको लागि शाखा अधिकृत २ जना, सहायक कर्मचारी २ जना, कम्प्युटर अपरेटर १ जना, सवारीचालक १ जना र कार्यालय सहयोगी २ जना थप गर्ने निर्णय गरेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार