हेटौंडा।नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले हेटौंडाको शैक्षिक क्षेत्रको विकासको लागि उल्लेख्य काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
बिहीबार ‘विद्यार्थीसँग मेयर र उपमेयरका उम्मेदवार’ कार्यक्रममा बोल्दै मेयरका उम्मेदवार अनन्त पौडेल र उपमेयरकी उम्मेदवार सुमित्रा काफ्लेले आफूहरू निर्वाचित भएपछि हेटौंडामा प्राविधिक तर्फ उच्च शिक्षासहित विश्वविद्यालय निर्माण गर्ने काममा पहल गरिने बताएका हुन् ।
नेकपा एमाले निकट अनेरास्ववियु मकवानपुरको सहजीकरणमा भएको कार्यक्रममा मेयरका उम्मेदवार पौडेलले एमालेले हेटौंडा नगरको लागि तयार पारेको घोषणा पत्रमा समेत अभिभावक विहीन, आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई सिफारिसका आधारमा मात्र नभई प्रत्यक्ष पारिवारिक अवस्था बुझेर मात्र सम्बन्धित क्याम्पसमा निःशुल्क उच्च शिक्षाको व्यवस्था गर्ने उल्लेख गरिएको बताए ।
त्यसैगरी उपमेयरकी उम्मेदवार काफ्लेले विद्यार्थीहरूलाई विद्यालयमा अध्ययनका क्रममा आइपर्ने हरेक समस्यालाई समाधान गर्ने गरी उपमहानगरपालिका अगाडि बढ्ने बताइन् ।
कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगरपालिकाका वर्तमान मेयर हरिबहादुर महतले आफ्नो कार्यकालमा कसैले विरोध गर्न नसक्ने गरी काम भएको दाबी गरे ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend