Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गृहमन्त्री खाँणले बागी उम्मेदवारसँग गरेको डिल निर्वाचन आयोगको ‘नोटिस’मा


    बिहिबार, बैशाख १५ २०७९
    880
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण बागी उम्मेदवारलाई फकाउन आज बिहानै चितवन पुगे । भरतपुर महानगरको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडललाई फकाउन गृहमन्त्री खाँण चितवन पुगेका हुन् ।  

    यसरी उम्मेदवारी दिएको व्यक्तिलाई बहालवाला मन्त्री नै फकाउन पुगेको विषयमा निर्वाचन आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त विषय आयोगको नोटिसमा रहेको बताए । 

    ‘गठबन्धन र त्यस सन्दर्भको कुरालाई लिएर र उहाँहरूको हिसावमा उठ्न नपर्ने मान्छेहरू उठिदिनुभयो, अफ्ठ्यारो भयो भन्ने हिसावले मन्त्रीज्यूहरु नै गएको भन्ने जुन कुरा छ । पकै पनि आयोगको ध्यानाकर्षण भएको छ’, सहायक प्रवक्ता अर्यालले भने, ‘पब्लिक पोस्ट र पब्लिक रिसोर्सिजमा पक्लिक रिस्पोन्सिबिलिटिज हुन्छ । त्यो हिसाबले हाम्रो आचारसंहिताले त्यो खालको अपेक्षा गर्दैन । यसबारे आयोगले थप निर्णय गर्नेछ ।’

    बहालवाला मन्त्री नै उम्मेदवारी फिर्ता लिन लगाएको विषय निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार