Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गर्भवती महिलालाई बलात्कार गरी फरार व्यक्ति पक्राउ


    बिहिबार, बैशाख १५ २०७९
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गर्भवती महिलालाई विभिन्न डरत्रास देखाई धम्की दिई जबर्जस्ती करणी गरी फरार रहेको अभियोगमा काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गा बस्ने कैलाली लम्कीचुहा नगरपालिका–२ मोतिपुर ठेगाना भएका ३५ वर्षीय सागर शाहीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    गत चैत ८ गते नागढुंगास्थित आफनै घरभित्र कोही नभएको मौका पारी गर्भवती महिलालाई जबरजस्ती करणी गरी फरार भएका शाहीलाई उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं नागढुंगाबाट फेला पारी पक्राउ गरेको हो ।

    उनलाई जबर्जस्ती करणी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त थानकोट काठमाडौं पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार