Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बारामा दुई सय केजी गाँजासहित दुई जना भारतीय पक्राउ


    बुधबार, बैशाख १४ २०७९
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–१० लिलकन्ठवा हनुमान मन्दिर अगाडिबाट करिब २ सय केजी गाँजा सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरूमा भारत घर भएका ६० वर्षीय रामदर्शन महत्तो र ३५ वर्षीय अजित पासवान रहेका छन् । 

    प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार