Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आजको मौसम : पहाडी क्षेत्रमा वायुकाे प्रभाव, यी क्षेत्रमा वर्षाकाे सम्भावना


    बुधबार, बैशाख १४ २०७९
    675
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं। पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ ।  बुधबार बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ ।

    दिउँसो गण्डकी र प्रदेश १का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा बागमती र मधेशमा आंशिक बदली रहने आँकलन माैसम पूर्वानुमान महाशाखाकाे छ । प्रदेश १ का पहाडी भूभागका केही स्थान र गण्डकी, बागमती र मधेस प्रदेशका एक-दुई स्थानमा  मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।

    राति प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

    बिहीबार बागमती र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएकाे छ । महाशाखाका अनुसार बागमती र प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा  मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेकाे महाशाखाले बुलेटिनमा उल्लेख गरेकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार