तनहुँ।जिल्लामा स्थानीय तहको निर्वाचनका लागि झन्डै चार गुणा बढीले उम्मेदवारी दिएका छन् । १० वटा स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा आइतबार र सोमबार उम्मेदवारी दर्ता गराइएको थियो ।
जिल्लाको १० स्थानीय तह र ८५ वडामा एक हजार ७ सय २७ उम्मेदवारले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचनको कार्यालय तनहुँका प्रमुख हरि ढकालले बताए । स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य गरेर ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनले ४ सय ४५ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
ढकालका अनुसार स्थानीय तहको प्रमुख बन्नलाई ७१ जनाले र उपप्रमुखमा ५५ जनाले मनोनयन दर्ता गराएका छन् । प्रमुख र उपप्रमुख पदमा १०/१० जना निर्वाचित हुनेछन् ।
८५ वडाको वडाध्यक्ष पदमा ४०५ जनाको उम्मेदवारी परेको ढकालले जानकारी दिए । १ सय ७० जना खुला वडा सदस्य पदमा ६ सय २९ जनाको उम्मेदवारी दर्ता भएको छ ।
खुला महिला सदस्यमा २ सय ९३ जना र दलित महिला सदस्यमा २ सय ७४ जनाको उम्मेदवारी दर्ता भएको उनले जानकारी दिए । स्थानीय तहको निर्वाचनका लागि जिल्लामा २३ दल दर्ता थिए । जिल्लामा दर्ता नभएको उन्नत लोकतान्त्रिक पार्टीले पनि शुक्लागण्डकी नगरपालिकामा उम्मेदवारी दिएको छ ।
स्थानीय तहमा जनप्रतिनिधि छान्नलाई जिल्लाका दुई लाख ४४ हजार ३ सय ४० मतदाता सहभागी हुनेछन् । जसमध्ये एक लाख १७ हजार १ सय ३४ पुरुष र एक लाख २७ हजार २ सय ६ महिला मतदाता हुन् ।
जिल्लामा १ सय ३६ मतदानस्थल र २ सय ९७ मतदान केन्द्र कायम गरिएको छ । जस मध्य पाँच मतदानस्थल अति संवेदनशिल रहेका छन् ।
स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि तनहुँमा दुई हजार बढी जनशक्ति खटाइनेछ । जिल्लाको १० स्थानीय तहको ८५ वडामा दुई हजार तीन सय ७४ जनशक्ति खटिने निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
२ सय ९७ मतदान केन्द्रमा २ सय ९७ मतदान अधिकृत खटाईनेछ । २ सय ९७ मतदान सहायक अधिकृत खटिनेछन् । ५ सय ९२ जना सहायक र २ सय ९७ सहयोग समेत निर्वाचन सम्पन्न गराउनलाइ खटिनेछन् । यस्तै, प्रत्येक मतदान केन्द्रमा तीन जनाका दरले ८ सय ९१ जना स्वयंमसेवक पनि खटिनेछन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend