Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टिकट नपाएपछि धनुषामा दल बदल श्रृंखला, प्रवेश गरेको एक सातामै जानकीराम साहद्वारा एमाले परित्याग


    सोमबार, बैशाख १२ २०७९
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । धनुषामा पालिका प्रमुख टिकट नपाएपछि दल बदल खेल अझै जारी छ । जनकपुरधाम उपमहानगरको मेयरको टिकटको आश्वासन पाएर एक हप्ताअघि   एमाले प्रवेश गरेका जानकीराम साहले टिकट नपाएपछि पार्टी परित्याग गरेका छन् ।

    एमालेले जनकपुरको मेयरमा शिवशंकर साह हिरालाई उम्मेदवार बनाएपछि जानकीराम साहले सोमबार एमाले परित्याग गरेको हुन् । उनी स्वतन्त्र वा तमलोपाबाट उम्मेदवारी दिने तयारीमा छन् । 

    जनकपुर– ७ का वडाध्यक्षसमेत रहेका साहले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका थिए ।  उनलाई एमाले अध्यक्ष केपी ओली आफ्नै निवासमा एमाले प्रवेश गराएका थिए।

    त्यसैगरी,  कांग्रेसबाट विदेह नगरपालिकाको मेयरमा टिकट पाउने आशमा वरिष्ठ प्रहरी उपरीक्षकबाट राजीनामा दिएका गोविन्द साह टिकट नपाउने देखेपछि स्वतन्त्र उम्मेदवारी तिने तयारीमा छन् ।

    जसपाबाट टिकट नपाउने देखेपछि गणेशमान सिंह चारनाथ नगरपालिका मेयर रामबाबु यादव लोसपामा प्रवेश गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार