लमजुङ । ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि लमजुङमा ठूला राजनीतिक दलले आज सोमबार उम्मेदवारी दर्ता गराउने भएका छन् । एमाले, कांग्रेस र माओवादीलेसहितका दलहरुले समयमै उम्मेदवार छनोट गर्न नसक्दा आइतबार मनोनयन नै दर्ता गराएनन् ।
लमजुङमा सत्तारुढ चार दलले गठबन्धन गर्ने भनिए पनि साझा उम्मेदवार छान्न सकेका छैनन्। ८ स्थानीय तह रहेको लमजुङमा एक स्थानीय तहको प्रमुखम माओवादीले पाउने भएको छ ।
गठबन्धन दलमा माओवादीलाई दोर्दी गाउँपालिकाको प्रमुख, राइनास नगरपालिका, मर्स्याङदी गाउँपालिका, मध्यनेपाल नगरपालिका र दूधपोखरी गाउँपालिकाको उपप्रमुख दिनेगरी सहमति भएको भनिए पनि आइतबार रातिसम्म उम्मेदवार सार्वजानिक गरिएन ।
बेसीसहर र सुन्दरबजार नगरपालिकामध्ये एउटाको उपप्रमुख एकीकृत समाजवादीलाई तथा एउटा माओवादी केन्द्रलाई दिने सहमति भएको छ । नेकपा एमालेले पनि एक पालिकाबाहेक अन्यन्त्र आफ्ना उम्मेदवार सार्वजनिक गरेको छैन ।
एमालेबाट क्होँलासोँथर गाउँपालिका अध्यक्षमा सूर्य गुरुङ सर्वसम्मत उम्मेदवार छनोट भएका छन्। चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा ७५ वटा वडा छन् । लमजुङमा ०७४ को स्थानीय तहको निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । ०७४ मा एमालेले पाँच स्थानीय तहको प्रमुख र चार स्थानीय तहमा उपप्रमुख जितेको थियो ।
माओवादीले दोर्दी गाउँपालिका प्रमुख र मर्स्याङदी गाउँपालिकाको उपप्रमुख मात्र जितेको थियो । मध्यनेपाल, राइनास र दूधपोखरीमा माओवादी उमेदवार पराजित भएका थिए भने एमालेको दुधपोखरी गाउँपालिकाको उपप्रमुख उम्मेदवार पराजित भएका थिए । अघिल्लो निर्वाचनमा कांग्रेसले दूधपोखरी गाउँपालिकाको प्रमुख र उपप्रमुख, मध्यनेपाल नगरपालिकाको प्रमुख, राइनास र सुन्दरबजार नगरपालिकाको उपप्रमुख जितेको थियो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend