Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महोत्तरीमा आइतबार मनोनयन दर्ता आंशिक, आज उम्मेदवारीको तयारीमा दल


    सोमबार, बैशाख १२ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • महोत्तरी । महोत्तरीमा राजनीतिक दलहरुले आज सोमबार उम्मेदवारी दर्ताको तयारी थालेका छन्  । स्थानीय तहको निर्वाचनका लागि आइतबारबाट मनोनयन सुरु भएको थियो । आइतबार केही उम्मेदवारले मात्र मनोनयन दर्ता गराए ।

    सत्ता गठबन्धनका दल तथा प्रमुख प्रतिपक्षी एमाले आइतबार दिनभर उम्मेदवार टुंग्याउन व्यस्त रहेकामा आज मनोनयन दर्ता गराउने भएका हुन् ।

    ुहिजो धेरै आएनन, आज मनोनयन दर्ताको चाप बढ्छ होला होला, बर्दिवासस्थित सहायक निर्वाचन अधिकृत सर्मीला तामाङले भनिन् ।

    आइतबार बर्दिबास नगरपालिकामा दुई जनाले मात्र मनोनयन दर्ता गराए । उपमेयर र  वडा अध्यक्षकाका लागि मात्र उम्मेदवारी परेको थियो ।

    जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख सुबोधकुमार महतोका अनुसार आइतबार भंगाहा नगरपालिकामा एक जना, मट्टीहानीमा नौ जना, सम्सीमा १६ जना, लोहारपट्टीमा पाँच जना, रामगोपालपुरमा तीन जना, महोत्तरी गाउँपालिकामा ४२ जना, जलेश्वरमा एक सय तीन जना, सोनामा १८ जना, पिपरामा एक जना, गौशालामा दुई जना, बल्वामा ६० जना र औरहीमा पाँच जनाले मनोनयन दर्ता गराएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार