राजन कटुवाल
हेटौंडा । आइतबार हेटौंडा उपमहानगरपालिकाको मेयर पदको लागि सात जनाले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । पाँच जनाले विभिन्न दलबाट र दुई जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।
मेयरको लागि नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्याकुमार भट्टराईले, सचेत नेपाली पार्टीबाट रामप्रसाद गौतम, नेपाल कम्युनिष्ट पार्टी समाजवादीबाट रोमनाथ भुर्तेल, मौलिक जरोकिलो पार्टीबाट सिर्जना बर्ताैलाले उम्मेदवारी दर्ता गराएका हुन् । हेटौंडाको मेयरको लागि स्वतन्त्र तर्फबाट लिला कुमारी आचार्य र देवराज पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी हेटौंडाको उपमेयर पदको लागि दुई जनाको उम्मेदवारी परेको छ । उपमेयरको लागि मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरे र नेपाल कम्युनिष्ट पार्टी समाजवादीबाट मख कुमारी तिमल्सिनाको उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिए ।
हेटौंडाको १९ वटा वडा मध्ये वडा नम्बर १, २, ५, ८, १७, १८ र १९ मा वडा अध्यक्षमा उम्मेदवारी दिइएको छ । १९ नम्बरमा दुई जनाले वडा अध्यक्षको लागि उम्मेदवारी दिएका छन् भने बाँकी वडामा १/१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । हेटौंडा १७ मा भने नेपाल विवेकशिल पार्टीले वडा अध्यक्ष सहित पाँच जनाको प्लानल नै दर्ता गराएको छ ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend