जाजरकोट । सत्ता गठबन्धनमा रहेका दलका नेताहरू स्थानीय निर्वाचनमा कसले टिकट पाउल भनेर छलफल गरिरहेका छन् । कतिपय स्थानीय तहका जतप्रतिनिधिले भने फेरि पनि उम्मेदवार बन्न पदबाट राजीनामा समेत दिएका छन् । तर, गठबन्धनमा रहेका दलहरूबीच भागबण्डा नममिल्दा उम्मेदवारको टुंगो भने लागेको छैन ।
सुरुमा व्यापक चुनावी तयारी थालेको गठबन्धनका दलहरू अहिले चुपचाप छन् । यता प्रतिपक्ष नेकपा एमाले र कांग्रेसकै केही जनप्रतिनिधिले भने पुनः उम्मेदवारी दिने भन्दै राजीनामा समेत दिन थालेका छन् । नेकपा एमालेका नेता तथा कार्यकताले भने चुनावी प्रचार अभियान आक्रमक बनाएका छन् । सबै पालिकामा उम्मेदवार टुंगो लगाइसकेका कारण एमालेका कार्यकर्ता चुनावी प्रचारमा लागेका हुन् ।
‘अहिलेसम्म कुनै जानकारी नहुँदा अन्योलमा परेका छौं ।’ बारेकोट गाउँँपालिका जाजरकोटका इन्चार्ज तिलक रावतले भने । कर्णाली प्रदेशका सबै ठाउँमा गठबन्धनको भागबण्डाका लागि सहमति जुटाउन नसक्दा अन्यौल बढेको हो ।
छलफल जारी रहेको तर निकाश भने ननिस्केको कर्णाली प्रदेशका नेकपा माओवादी केन्द्रका इन्चार्ज कालीबहादुर मल्लले बताए ।
यस्तै, कुशे गाउँपालिकाकी उपाध्यक्ष रामछायाँ शाही, भेरी नगरपालिका नगरप्रमुख चन्द्रप्रकाश घर्ती र अन्य ६ वडाका वडाध्यक्षले राजीनामा दिएका छन् । एकै पालिकाबाट ६ जना उम्मेदवारको नामावाली पठाएपछि कर्णाली प्रदेशका नेताहरूलाई उम्मेदवार र क्षेत्रको टुंगो लगाउन थप मुस्किल परेको छ ।
प्रदेशबाट सबै कुरा टुंगो लगाउने भएपछि सबैको ध्यान प्रदेशतर्फ केन्द्रीत भएको छ । जिल्ला सदरमुकाममा हुने छलफल पनि पातलो भएका छन् ।
सम्भावित उम्मेदवारहरू टिकटका लागि भन्दै सदरमुकाममा आएर होटलमा बसिरहेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend