Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्थानीय तह निर्वाचनः बर्दिबासले सार्वजनिक गर्‍यो कार्यतालिका


    शुक्रबार, बैशाख ९ २०७९
    800
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • महोत्तरी । स्थानीय तह निर्वाचनका लागि बर्दिबास कार्यालयले उम्मेदवारी समय तालिका सार्वजनिक गरेको छ । बर्दिबास निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाले मतदान गर्ने समयभन्दा अगाडिको विभिन्न  प्रक्रियाका लागि समयतालिका सार्वजनिक गरेका हुन् ।

    उम्मेदवार मनोनयन दर्ता गर्न बर्दिबास नगरपालिकाको निर्वाचन कार्यालयले २ दिनको समय राखेको छ। उम्मेदवार मनोनयन दर्ता गर्न ११ वैशाखदेखि १२ वैशाखसम्म बिहान १० बजेदेखी बेलुका ५ बजेसम्म खुला गरिएको छ ।

    उम्मेदवारी दर्ता भएका उम्मेदवारको सूची १२ वैशाखकै बेलुका ५ बजेदेखि ६ बजेको बीचमा प्रकाशन गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

    स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५ को उपदफा १ अनुसार व्यवस्था गरिएको उम्मेदवारविरुद्ध उजुरी दिन १३ वैशाख बिहान १० बजेदेखि ५ बजेसम्मको समय निर्धारण गरिएको छ ।

    १४ वैशाख र १५ वैशाखमा उजुरीउपर निर्णय भएपछि १५ वैशाखमा उम्मेदवारको नाम प्रकाशन गरिने निर्वाचन अधिकृत  सापकोटाले जानकारी दिए ।

    अन्तिम नामावली भने १६ वैशाखमा प्रकाशन गरिनेछ । १७ वैशाखमा उम्मेदवारलाई चिन्ह प्रदान गरेपछि ३० वैशाख बिहान ७ बजेदेखि नै मतदान सुरु हुनेछ ।
    बर्दिबास नगरपालिकामा ५८ मतदानस्थल छन् भने ती स्थलमा झण्डै ४७ हजार मतदाताले मतदान गर्नेछन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार