Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अक्सिजन प्लान्टमा विष्फोट: मृत्यु हुनेको संख्या दुई पुग्यो


    बिहिबार, बैशाख ८ २०७९
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्ट विष्फोटमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।

    प्रहरीका अनुसार पाटन अस्पतालमा उपचारका क्रममा दिउँसो १ः४५ बजे अर्का घाइतेको पनि मृत्यु भएको हो । 

    बिहीबार बिहान १० बजे सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन भर्ने क्रममा अचानक विष्फोट भएको थियो । घटनामा भारत, पश्चिम चम्पारमका ४५ वर्षीया बृज महतोको घटनास्थलमै मृत्यु भएको थियो । थप चार जना घाइते थिए ।

    घाइतेमध्ये मृत्यु हुनेमा भारत घर भइ हाल ललितपुर–१८ बस्दै आएका २५ वर्षीय राजुकमार महतोको पनि मृत्यु भएको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार