Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अक्सिजन प्लान्टमा विष्फोट: मानिसकाे शरीरका टुक्रा झण्डै तीन सय मिटर पर भेटियो


    बिहिबार, बैशाख ८ २०७९
    500
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । 

    ललिपतपुर प्रहरीका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले मृत्यु हुनेको पहिचान खुल्न नसकेको जनाए । 

    घाइतेको संख्या अझै धेरै हुन सक्ने एसपी शाहको बताए । घाइतेहरूको उपचार बिएण्डबी र पाटन हस्पिटलमा भइरहेको छ ।

    प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार घटनास्थल हेर्दा निकै शक्तिशालीका साथ विष्फोट भएको अनुमान गर्न सकिन्छ । ‘मानिसका शरीरका टुक्रा झण्डै तीन सय परसम्म पनि भेटिएको छ, उद्योगको छाना केही बाँकी छैन,’ उनले भने ।

    उद्योग सन्चालकका अनुसार विष्फोट हुने बेलामा १० जना कार्यरत थिए । एक जनाको मृत्यु भइसकेको छ । पाँच जना घाइतेहरु अस्पतालमा छन् भने दुई जना उद्योग सन्चालकको सम्पर्कमा आएका छन् । अन्यको अवस्था थाहा हुन सकेको छैन ।

    सिलिन्डर भर्ने क्रममा विस्फोट भएको जनाइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार