Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • रिजालको टिप्पणीः एमाले विभाजनको क्षतिपूर्ति भइसकेको छ


    बुधबार, बैशाख ७ २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  सुर्खेत । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टी विभाजनको क्षतिपूर्ति अन्य दलबाट आउनेहरुबाट गरिएको दाबी गरेका छन् ।
    आज बिहान सुर्खेतमा आयोजित स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै रिजालले पार्टी विभाजनका बाबजुद पनि आगामी निर्वाचनमा एमालेले राम्रो स्थान हासिल गर्ने विश्लेषण सुनाए ।

    रौतहट जिल्लाबाट चार मेयर, ६ उपमेयर र ३६ वडाअध्यक्ष एमालेमा आएको उदाहरण दिंदै उनले यस्तो अवस्था अन्य जिल्लामा पनि रहेको दाबी गरे । अन्य दलबाट एमालेमा प्रवेश गरेका, परिचित चुनाव चिह्न र थपिएका ३५ लाख नयाँ मतदाताको आकर्षणका कारण एमाले सुविधाजनक स्थितिमा रहेको उनको भनाइ छ ।

    अहिलेको सत्ता गठबन्धनले चुनावमा एमालेलाई असर नगर्ने रिजालले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार