Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  सेफ्टी पिन अभियानका क्रममा ५ सय ४० जना  पक्राउ 


    मंगलबार, चैत्र ४ २०७६
    840
    Shares
  • १ मिनेट पाठ
  •  काठमाडौँ, ३ चैत । प्रहरीले चलाएको अपरेशन सेफ्टी पिन अभियानका क्रममा ५ सय ४० जना  पक्राउ परेका छन् । उपत्यकाका सार्वजनिक सवारीसाधानमा हुने दुर्व्यवहारलाई लक्षित गरेर उक्त अभियान सञ्चालन गरिएको थियो । सोही अभियान अन्तर्गत सार्वजनिक यातायातमा दुव्यवहा गर्ने व्यक्ति पक्राउ परेका हुन्  ।  प्रहरीले अभियान अन्तर्गत पुस महिनादेखि हालसम्म पक्राउ परेकाको यो संख्यामा व्यक्ति पक्राउ परेका हुन् ।

    महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रवक्ता श्यामलाल ज्ञवालीका अनुसार सार्वजनिक यातायातलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री बनाउने उद्देश्यले यो अभियान जारी राखिएको छ । अभियानका क्रममा पाकेटमारीमा संलग्न पनि समातिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार