Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • प्रधानमन्त्री देउवालाई ओलीकाे चेतावनी- चुनाव सार्ने चेष्टा नगर्नुस्


    सोमबार, बैशाख ५ २०७९
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सोलखुम्बु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनाव नसार्न चेतावनी दिएका छन् ।

    सोमबार सोलुखुम्बुमा भएको कार्यक्रममा ओलीले सत्तारुढ गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै यस्ताे चेतावनी दिएका हुन् ।

    उनले भने, ‘अहिले पनि सत्तारुढ गठबन्धन चुनाव सार्न बालुवाटारमा बैठक बस्दै छ, चुनाव सार्ने षड्यन्त्र भइरहेको छ ।’

    उनले चुनाव सार्ने षड्यन्त्र नगर्न प्रधानमन्त्री देउवालाई चेतावनी दिंदै उनले भने, ‘मैले यसअघि पनि प्रधानमन्त्रीज्यूलाई भनिसकेको छु, आज पनि भन्छु, चुनाव सार्ने चेष्टा नगर्नुहोस् ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार