Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हामीलाई भरतपुर नै चाहिन्छ भन्ने छैन, काठमाडौं वा विराटनगर भए पनि हुन्छ: प्रचण्ड


    सोमबार, बैशाख ५ २०७९
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले भरतपुर महानगर नभई हुन्न नभनेको बताएका छन्।

    पेरिसडाँडामा आज पत्रकार सम्मेलनमा उनले छ महानगरमध्ये माओवादीले कम्तिमा एक महानगर पाउनुपर्ने भन्दै काठमाडौं वा विराटनगर भए पनि हुने बताएका हुन् ।

    उनले भने, ‘भरतपुर नभई भएन भनेको छैन। रेनु नभई भएन भन्ने अडान होइन,छ वटा महानगरमा एउटा माओवादीलाई पर्ला। काठमाडौं वा विराटनगर भए पनि हुन्छ।’

    तर भरतपुरमा ०७४ मा रेनु दाहालले जितेकोले त्यहाँ सजिलो हुने कुरा मात्रै माओवादीले राख्ने गरेको उनले बताए। ‘जहाँ सजिलो हुन्छ त्यही लिने भनेको हो,’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार