Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले केन्द्रीय सदस्य माधव ढुंगेलमाथि एमालेकै कार्यकर्ताद्वारा आक्रमण , छेक्न खोज्दा श्रीमती सरिता घाइते


    सोमबार, बैशाख ५ २०७९
    575
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा(एमाले)का केन्द्रीय सदस्य माधव ढुंगेलमाथि आक्रमण भएको छ । उनीमाथि आइतबार एमाले केन्द्रीय सम्पर्क कमिटीको बैठकमा आक्रमण भएको हो । माधव ढुंगेलमाथि भएको आक्रमणलाई रोक्न खोज्दा उनकी श्रीमती सरिता दाहाल घाइते भएकी छन् । उनले ढुंगेलमाथि भएको अक्रमण रोक्न खोज्दा घाइते भएको तस्वीर नै सोमबार बिहान सामाजिक संजालमा पोष्ट गरेकी छन् । 

    केन्द्रीय सम्पर्क कमिटीको बैठकमा स्थानीय तहको निर्वाचनका उम्मेदवार सिफारिसको बिषयमा विवाद भएपछि लक्ष्मी न्यौपानेले ढुंगेलमाथि आक्रमण गरेको खुलासा उन्नति खुलालले सामाजिक संजालमा गरेकी छन् । अनेरास्ववियुकै पूर्वनेतृ खुलालले ढुंगेलमाथिको आक्रमणको बिरोध गर्दै लक्ष्मी न्यौपानेले गलत काम गरेको उल्लेख गरेकी छन् । 

    एमाले सम्पर्क विभागकी सदस्य न्यौपाने रामेछापको खाँडादेवी गाउँपालिकाकी हुन् । माधव ढुंगेल पनि सोही गाउँपालिकाका हुन् । स्थानीय तहको निर्वाचनमा उपमेयरको टिकटको बिषयमा विवाद हुँदा ढ्ुंगेलमाथि आक्रमण भएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार