Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३ कम्पनीद्धारा आईपीओ  निष्कासन गर्न बोर्डमा निवेदन, कुनको कति कित्ता ? 


    सोमबार, बैशाख ५ २०७९
    540
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा ३ कम्पनीले निवेदन दिएका छन् । 

    हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड, कालिञ्चोक दर्शन र सिटी होटल लिमिटेड साधारण सेयर (आईपीओ) निष्कासन गर्न सेबोनमा निवेदन दिएका हुन् ।

    हाथवे इन्भेष्टमेन्ट
    हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड​ले २९ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न चैत्र २५ गते सेबोनमा निवेदन दिएको छ । 

    कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

    सिटी होटल
    सिटी होटल​ले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्न चैत्र ३० गते सेबोनमा निवेदन दिएको छ । 

    कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

    कालिञ्चोक दर्शन
    कालिञ्चोक दर्शनले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १२ लाख कित्ता आईपीओ निष्कासन गर्न चैत्र १५ गते सेबोनमा निवेदन दिएको छ । 

    कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार