Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • यो वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान गर्दैनौँ: निर्वाचन आयोग


    आइतबार, बैशाख ४ २०७९
    735
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान सन्चालन नगर्ने भएको छ । अघिल्ला निर्वाचनमा मतदाता शिक्षाका लागि गरिएको घर दैलो अभियान प्रभावकारी नभएको भन्दै आयोगले यस वर्ष त्यो काम नगर्ने जनाएको हो ।

    मतदाता शिक्षाको क्रममा मतदाताहरुलाई बदर नहुने गरी मतदान कसरी गर्ने भन्ने कुरा सिकाइन्छ । त्यसका लागि नमूना मतपत्र प्रकाशित गरी आयोगले स्वयंसेवकहरु परिचालन गरी भोट हाल्ने तरिका सिकाउँथ्यो ।

    यो काममा आयोगले लाखौं बजेट खर्च गरे पनि मत बदर हुन नरोकिएको र मतदाता शिक्षाका लागि खटिएका स्वयंसेवकहरु निष्पक्ष नभएको गुनासो आउने गरेको थियो ।

    मतदाता शिक्षाका लागि खटाइएकाहरु कुनै न कुनै राजनीतिक दल वा उम्मेदवारसँग निकट हुने र उनीहरुले मतदातालाई प्रभाव पार्न सक्ने भएकाले पनि यस वर्ष घरदैलो अभियान नगर्ने निष्कर्षमा आयोग पुगेको हो ।

    निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान सन्चालन नगर्ने बताए । मतदान स्थलमै सूचना केन्द्र स्थापना गर्ने दुई दिन भोट हाल्ने तरिका सिकाइने उनी बताउँछन् ।

    २०७४ सालको स्थानीय तह निर्वाचनमा मतदाता शिक्षाका लागि करिब ८० करोड बजेट छुट्याएको आयोगले यस वर्ष उक्त शीर्षकको बजेट पनि आधा भन्दा बढीले कटौती गरेको छ । यस वर्ष मतदाता शिक्षाका लागि करिब २४ करोड बजेट छुट्याइएको आयोगले जनाएको छ ।

    घरदैलो अभियान सन्चालन नगरे पनि सूचना प्रविधिलाई उपयोग गरेर भोट मतदाता शिक्षा दिइने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल बताउँछन् । यस वर्ष आयोगले मतदाता शिक्षाका लागि सञ्चार माध्यम र सामाजिक सन्जालको अधिकतम प्रयोग गर्ने नीति लिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार