Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवा गठबन्धनको पक्षमा माहौल बनाउँदै, शेखर कोइराला भाँड्दै


    शनिबार, बैशाख ३ २०७९
    765
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन । पाँचदलीय गठबन्धनबीच स्थानीय तहको चुनावी तालमेलको बारेमा आजै टुंगो लाग्ने नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।  प्रचण्डका अन्ुसार स्थानीय तहको चुनावको तालमेलको खाका आजै (शनिबार) साँझसम्म बन्ने र आइतबारसम्मे टुंगिनेछ ।  भरतपुर विमानस्थलमा आज शनिबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै उनले गठबन्धनकातर्फबाट चुनावी तालमेलको टुङ्गो भोलि (आइतबार) सम्ममा लागिसक्ने बताए ।

    माओवादी अध्यक्ष प्रचण्डले तालमेल टु्ंगो लाग्ने भने पनि नेपाली कांग्रेसभित्र तीव्र अन्तरबिरोध देखिएको छ । बाँके, चितवन, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक जस्ता अधिकांश जिल्लामा नेपाली कांग्रेस तालमेलको पक्षमा देखिएको छैन ।

    सत्ता गठबन्धनबीच स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमति भए पनि नेपाली कांग्रेसभित्र तीव्र बिरोधका कारण अन्योल छाएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेलहरु चुनावमा तालमेल गर्नैपर्ने पक्षमा देखिएका छन् । तर महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य डा शेखर कोइरालाहरु स्थानीय तहको निर्वाचनमा तालमेलको बिरोध गरिरहेका छन् ।

    तालमेलमा नेपाली कांग्रेसले जहाँ माओवादी, नेकपा समाजवादी र जसपालाई छाड्ने चर्चा भइरहेको छ, डा. शेखर कोइरालाले ती ती स्थानीय तहमा गएर स्थानीय तहका नेता कार्यकर्ता भड्काउने, बिद्रोहको धम्की दिन लाउने काम गरिरहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार