पोखरा । एमालेले पोखरा महानगरको मेयर र उपमेयरको उम्मेद्वार सिफारिसका लागि मतदान गर्ने भनिए पनि अन्तिम अवस्थामा सबैको नाम सिफारिस गरिएको छ । मेयरमा १२ र उपमेयरमा नाैजनाले मनोनयन दर्ता गराएका थिए । निर्वाचन कार्यतालिका सार्वजनिक गरेर पनि चुनावी प्रक्रियामा अघि बढिसकेको अवस्थामा एमालेले मतदान नगरी नाम सिफारिस गरेको हो ।
‘अधिकांशको आवाज सर्वसम्मत गर्ने आयो । हलको बहुमत सर्वसम्मत सिफारिसमा आएपछि मतदान प्रक्रियामा लैजान सकेनौं,’ महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले भने, ‘अहिलेको अवस्थामा अरुसँग प्रतिस्पर्धा गर्नुपर्नेमा हामीबीचमै चुनाव हुँदा मन बाझिन सक्ने अवस्था टारेर सर्वसम्मत सिफारिस गरेका हौं ।’
उनले सर्वसम्मत निर्णमा हलको दबाब भने पनि बैठककक्षबाट निस्किएका अधिकांशले गलत बाटो अपनाएको भन्दै आक्रोश पोखेका छन् । ‘वडाबाट सिफारिस हुँदा तीनजनाभन्दा बढी नलिने महानगर कमिटीले आफ्नो सिफारिस चाहिँ यति धेरै गर्न मिल्छ ?,’ उनीहरूले भने, ‘केन्द्रको निर्देशनमा यो काम भएको छ । आफ्ना मान्छेले आन्तरिक चुनावमा नजित्ने देखेपछि सर्वसम्मतको नाटक गरियो ।’
कतिपय आकांक्षीसमेत मतदानको पक्षमा थिए । एक आकांक्षी दर्शन लामाले भने, ‘जे भइरहेको छ, यो गलत हो । मतदान गरेर जसले जित्छ उसैको नाम पठाएको भए हुन्थ्यो ।’ उनले आन्तरिक प्रतिश्पर्धालाई गलत हिसावले लिन नहुने तर्क गरे । गत मंगलबार मेयर र उपमेयरको आकांक्षीको नाम टिपेर पनि शुक्रबार पुनः मनोनयन गरिएको थियो ।
चार दिनसम्म सर्वसम्मत हुन नसकेपछि मतदान प्रक्रियाबाट उम्मेद्वार खोज्ने भनिएकोमा सबैको नाम माथिल्लो निकायमा पठाइएको हो । मंगलबार मेयरमा १२ र उपमेयरमा ११ जनाले आकांक्षा देखाएका थिए । आज मनोनयन भने आकांक्षीबाहेक अरुले पनि गरेका थिए ।
मेयरमा केन्द्रीय सदस्यहरू भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी र मीनाकुमारी गुरुङ, प्रदेश उपसचिव रश्मि आचार्य, प्रा.डा. विश्वकल्याण पराजुली, पोखरा-१३ का वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा), नेताहरू पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउचा मगर र सावित्री भण्डारीले आन्तरिक बैठकमा उम्मेदवारी दिएका थिए ।
उपमेयरमा पोखरा-१९ का वडाध्यक्ष शोभामोहन पौडेल, वडा नम्बर १६ का अध्यक्ष जीवन आचार्य, वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी, जीवनप्रसाद आचार्य, बलराम गायक, विनाकुमारी गुरुङ र सुष्मा पौडेलले उम्मेद्वारी दिएका थिए । यसअघि आकांक्षा देखाएका बैनबहादुर अधिकारी क्षेत्री र हरिमाया गुरुङले भने मनोनयन दर्ता गरेनन् ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend