Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रुसी सैन्य क्षमताको प्रतिकका मानिएको लडाकु पानी जहाज समुद्रमा डुब्यो


    शुक्रबार, बैशाख २ २०७९
    690
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । बिस्फोटका कारण गम्भीर रुपमा क्षतिग्रस्त भएको रुसी लडाकु पानी जहाज समुद्रमा डुबेको छ।

    गएको बुधबार मस्क्भ नाम गरेको लडाकु पानी जहाज युक्रेन युद्धका लागि सैन्य सामग्री तथा सुरक्षाकर्मीसहित ब्ल्याक सीमा रहेका बेला बिस्फोट भएको थियो । रुसी रक्षा मन्त्रालयले गम्भीर रुपमा क्षतिग्रस्त भएको सो पानी जहाज ब्ल्याक सी मै डुबेको बताएको हो ।

    समुद्रमा आएको छालहरुका कारण जहाज डुबेको दाबी रुसी रक्षा मन्त्रालयको रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    युक्रेनमा रुसी सैन्य आक्रमणमा मस्क्भ पानी जहाजलाई रुसी सैन्य शक्तिको प्रतिकका रुपमा रहेको थियो । ५१० सदस्य रहन सक्ने मिसाइल क्रुजर पानी जहाजमा भएको क्षति युक्रेन युद्धमा रुसले बेहोरेको ठूलो सैन्य धक्काका रुपमा हेरिएको छ ।

    युक्रेनले आफ्ना सैनिकले प्रहार गरेको मिसाइलका कारण मस्क्भ क्षतिग्रस्त भएको बताएको थियो । तर रुसले भने हालसम्म पानी जहाजमा भएको आक्रमणबारे केही बताएको छैन ।

    आगलागीका कारण पानी जहाजमा क्षति भएको र गम्भीर छालका कारण डुबेको रुसी दाबी छ । जहाजमा रहेको बिस्फोटक पदार्थका कारण आगलागी भएको भनाइ रुसको रहँदै आएको छ ।

    तर युक्रेनी अधिकारीले ब्ल्याक सी मा रहेको रुसी लडाकु पानी जहाज आफ्ना सैनिकले प्रहार गरेको रकेटको निशानामा आएको बताउँदै आएको छ । यसअघि रुसी रक्षा मन्त्रालयले लडाकु पानी जहाजमा फसेका आफ्ना सुरक्षाकर्मीको उद्धार गरिएको जनाएको थियो ।

    सन् १९८० को दशकमा निर्माण भएको सो क्रुजर पानी जहाज युक्रेनको दक्षिणी शहर मिकोलाइभ नजिकै रहेका बेला मिसाइलको निशाना बनेको युक्रेनको भनाइ छ । रुसले सबैको उद्धार गरिएको भने पनि हताहतीबारे भने केही उल्लेख गरेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार