Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ग्रेट हिमालयको ब्याटिङ कन्सल्टेन्टमा श्रीलंकाका मिहिराज


    बुधबार, चैत्र ३० २०७८
    435
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ग्रेट हिमालय क्रिकेट एकेडेमीले ब्याटिङ कन्सल्टेन्टमा श्रीलंकाका अनुभवी मिहिराज वासन्थालाई नियुक्त गरेको छ । बुधबार एकेडेमीले ब्याटिङ कन्सल्टेन्टमा तीन महिनाको लागि वासन्थालाई अनुबन्ध गरेको जनाएको हो ।  

    उनले जुलाई २०२२ मा एकेडेमीमा प्रशिक्षक दिने एकेडेमीले जनाएको छ ।  प्रशिक्षक मिहिराजले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को लेभल थ्री कोर्ष गरेका छन् । 

    मिहिराजले श्रीलंका, दुबई, इंग्ल्यान्ड र भारतमा समेत प्रशिक्षकको रूपमा काम गरेका छन् । उनीसँगै १५ वर्ष क्रिकेट प्रशिक्षकको रुपमा काम गरेको अनुभव भएको एकेडेमीले जनाएको छ ।

    मिहिराजले श्रीलंकाको राष्ट्रिय महिला क्रिकेट टोलीको सहायक प्रशिक्षकको रूपमा समेत काम गरेका छन् ।  ललितपुरको हात्तीवन र काठमाडौंको शान्तिनगरमा एकेडेमी सञ्चालनमा रहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार