काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसनअन्तर्गत नेपाली सेनाबाट कंगोमा खटिएका बेला विद्रोहीको आक्रमणमा परी मृत्यु भएका अनिल गुरुङको शव नेपाल ल्याइएको छ ।
सुर्खेतको गुर्भाकोट नगरपालिका-१४ जहरेका गुरुङको शव मंगलबार नेपाल ल्याइएको हो । उनको बलिदानीप्रति सम्मान गर्दै नेपाली सेनाले बुधबार श्रद्धाञ्जली तथा अन्तिम सम्मान अर्पणसमेत गरेको छ ।
छाउनीस्थित वीरेन्द्र अस्पतालमा आयोजित श्रद्धाञ्जली तथा अन्तिम सम्मान अपर्ण कार्यक्रममा प्रधान सेनापति महारथी प्रभुराम शर्माले सैनिक गुरुङको पार्थिव शरीरमा नेपाली सेनाको झण्डा ओढाएका छन् ।