Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस कास्कीको टोलीले भेट्न पाएनन् देउवालाई


    बुधबार, चैत्र ३० २०७८
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । पोखरा महानगरको मेयर आफैंले पाउनुपर्ने माग राख्न काठमाडौं पुगेको कांग्रेस कास्कीको टोलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट्न पाएको छैन ।

    उनीहरू बिहानै ९ बजेदेखि १२ बजेसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसे पनि देउवाको ब्यस्तताका कारण भेट्न नपाएका हुन् ।

    कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालसहित पूर्वमन्त्री यज्ञबहादुर थापा, प्रदेशका मन्त्री विन्दुकुमार थापा, मेयरका आकांक्षीसहित ६० भन्दा बढी बालुवाटारमा भेला भए पनि प्रधानमन्त्रीको क्याबिनेट र अन्य कामका कारण आफूहरूले समय नपाएको मन्त्री थापाले बताए ।

    उनका अनुसार आजै २ बजे पार्टी कार्यालय सानेपामा उनीहरूले भेट्ने समय पाएका छैनन् । केन्द्रीय गठबन्धनको सहमतिअनुसार पोखरा कांग्रेसले गुमाउन सक्ने संकेत पाएपछि नेताहरू काठमाडौं पुगेका हुन् । उनीहरूले कांग्रेसबाहेक अरु पार्टीले पोखरामा चुनाव जित्न नसक्ने रिपोर्टिङ देउवालाई गर्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार