मुम्बइ, ४ चैत । भारतमा कोरोनाभाइरस (कोभिड–१९) बाट एक ६४ वर्षीय बृद्धको मृत्यु भएको छ । उनीसँगै भारतमा कोरोना भाइरसको कारण तीन जनाको मृत्यु भइसकेको छ ।
महाराष्ट्रमा हालसम्म ३९ केसहरु बाहिर आएका छन् । कोरोनाका कारण उच्च प्रभाव पारेको महाराष्ट्रमा होे । भारतीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार भारतमा हालसम्म १२९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । जसमध्ये तीनजना विदेशी नागरिक रहेको छन् ।
केन्द्रीय स्वास्थ्य मन्त्रालय र अन्य मन्त्रालयका कोरोनाभाइरस सम्बन्धी वरिष्ठ अधिकारीहरुसँग मन्त्रिपरिषद्का सचिवहरुले भारतीय चिकित्सा अनुसन्धान परिषद् (आइसीएमआर) भेट गर्दैछन् ।
केन्द्रीय स्वास्थ्य मन्त्री डा.हर्ष वर्धनले आज साँझ राष्ट्रपति रामनाथ कोविन्दलाई भेट्ने र कोरोनाभाइरससम्बन्धी तयारीका बारेमा छलफल गर्ने भएका छन् ।