काठमाडौं । देशका विभिन्न भागमा आज बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज दिउँसो प्रदेश -१, वागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यस्तै, राति देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी ठाउँमा आंशिक बदली रहने र प्रदेश नं- १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागहरुका एक–दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।