Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थारु पत्रकार संघको अध्यक्षमा लेखी,महासचिवमा चौधरी


    शनिबार, चैत्र २६ २०७८
    585
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । थारू पत्रकार संघ, नेपालको केन्द्रीय अध्यक्षमा प्रदीप लेखी सर्वसम्मत  चयन भएका छन् । नवलपुरको अमलटारीमा शनिबार सम्पन्न संघको पाँचौं महाधिवेशनबाट लेखीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको हो ।

    यस्तै वरिष्ठ उपाध्यक्षमा सन्तकुमार चौधरी, बागमती प्रदेश उपाध्यक्ष किशोर चौधरी, उपत्यका उपाध्यक्ष सहदेव चौधरी, प्रदेश १ उपाध्यक्ष कुलदीप चौधरी, लुम्बिनी उपाध्यक्ष शम्भु चौधरी, मधेश उपाध्यक्ष प्रतिमा चौधरी चयन भएकी छन् । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश उपाध्यक्ष पछि मनोनित गरिनेछ । 

    यस्तै महासचिवमा लक्ष्मी चौधरी, उपमहासचिवमा चितवनका विजय चौधरी, सचिवमा दिप्तीशिखा चौधरी, लीलानाथ गच्छदार, कोषाध्यक्षमा चितवनका कारी महतो चयन भएका छन् ।

    यस्तै सदस्यहरूमा सवि चौधरी, धीरेन्द्र चौधरी, मनोज चौधरी, सुमित्रा चौधरी, दिनेशकुमार चौधरी, राम चौधरी, जनक चौधरी र नविन चौधरी, राज चौधरी  चयन भएका छन् ।

    शुक्रबार थारु आयोगका अध्यक्ष विष्णु चौधरीले कार्यक्रमको उद्घाटनको क्रममा संघको मुखपत्र फूलरिया, प्रवासमा थारु पुस्तक तथा चितवन शाखाबाट प्रकाशित थारु क्यालेण्डरको विमोचन गरेका थिए ।

    यसैगरी ओसिएस थारु राष्टिय पत्रकारिता पुरस्कार (२०७७) बाट ठाकुरसिंह थारु, ओसिएसस राष्टिय पत्रकारिता पुरस्कार (२०७८)  बाट दुष्यन्त चौधरी, जोखन–जगत रत्गैया राष्टिय पत्रकारिता पुरस्कार(२०७७) बाट बुनु थारु, जोखन–जगत रत्गैया राष्टिय पत्रकारिता पुरस्कार (२०७८) बाट लखन दहित पुरस्कृत भएका थिए ।

    पुरस्कारको रकम जनही १० हजार रुपैया रहेको छ । त्यस्तै सरिता महतो अपेक्षाले सुष्मा महिला थारु सशक्तिकरण पुरस्कार प्राप्त गरिन् ।

    उक्त पुरस्कारको रकम साढे ५ हजार रहेको छ । संघका निवर्तमान अध्यक्ष सन्तोष दहित लगायतले नयाँ कार्यसमितिको सफलताको कामना गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार