Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्डका भाइलाई बनाइयो राष्ट्रियसभा सदस्य


    शुक्रबार, चैत्र २५ २०७८
    865
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्ति हुने राष्ट्रियसभाको रिक्त एक सदस्यमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ नारायणप्रसाद दाहाललाई मनोनीत गरिएको छ । स्थानीय निकायको निर्वाचन आचारसंहिता लागु भएकै दिन नेकपा दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका छन् । 

    सरकारको सिफारिसमा दाहाललाई सांसद मनोनीत गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन् । 

    प्रधानमन्त्री शेरबहादुर देउवाले कलाकार निर शाहलाई राष्ट्रियसभाको राष्ट्रपतिबाट नियुक्त हुने कोटामा नियुक्ति गर्ने चर्चा चलेको थियो । प्रा अमुदा श्रेष्ठलाई पनि उक्त पदमा नियुक्ति गर्ने पक्षमा प्रधानमन्त्री देउवा रहेको प्रचार भएको थियो । तर सबैको अनुमान बिपरीत प्रधानमन्त्री देउवाले माओवादी अध्यक्षका भाइ नारायणलाई सिफारिस गरिदिएका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार