काठमाडौं । एकैपटक ६७३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी महानिरीक्षक शैलेस थापाको बिहीबारको निर्णय अनुसार ६७३ जना इन्सपेक्टरको सरुवा गरिएको हाे ।
विभागका अनुसार २०७९ साल वैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो ।