Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  इतिहासमै पहिलो पटक अमेरिकाको सर्वोच्च अदालतको न्यायाधीशमा अश्वेत महिला


    शुक्रबार, चैत्र २५ २०७८
    895
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । इतिहासमै पहिलो पटक अमेरिकी सर्वोच्च अदालतको न्यायाधीश पदमा अश्वेत महिला नियुक्त भएकी छन् । राष्ट्रपति बाइडेनले सिफारिस गरेकी ५१ वर्षीया केतान्जी ब्राउन ज्याक्सनलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि अमेरिकाको माथिल्लो सदनले अनुमोदन गरेको अन्तर्राष्ट्रिय समाचार संस्था द गार्जियनले जनाएको छ ।

    जम्मा १ सय सदस्य रहेको अमेरिकाको माथिल्लो सदनमा ज्याक्सनको पक्षमा ५३ मत खसेको थियो भने उनको विपक्षीको पक्षमा ४७ मत खसेको थियो ।

    प्रमुख प्रतिपक्षी पार्टी रिपब्लिकनका तर्फबाट सिनेटर मिट रोम्ने‚ लिसा मुर्कोस्की र सुसान कोलिन्सले समेत ज्याक्सनको पक्षमा मतदान गरेपछि उनी सर्वोच्च अदालतको न्यायाधीश बनेकी हुन् ।

    योसँगै उनी सर्वोच्च अदालतकी ११६औं न्यायाधीशसमेत बनेकी छन् । करिब २ सय वर्षयता अमेरिकाको सर्वोच्च अदालतमा अहिलेसम्म महिला न्यायाधीश भएको इतिहास छैन । अमेरिकी सर्वोच्च अदालतका ८३ वर्षीय न्यायाधीश स्टेफेन ब्रेयरको कार्यकाल सकिएसँगै उनको स्थानमा ज्याक्सन आएकी हुन् ।

    न्यायाधीशको रुपमा ज्याक्सन नियुक्त भइसकेपछि राष्ट्रपति बाइडेनले ट्विटरमार्फत उनीसँगको एक सेल्फी पोस्ट गर्दै ज्याक्सनको मनोनयन ऐतिहासिक भएको बताएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार