Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • प्रधानमन्त्री देउवाले बनाए गैरसांसद गोबिन्द बन्दीलाई कानुनमन्त्री, २ बजे शपथ


    बिहिबार, चैत्र २४ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अधिवक्ता गोविन्द बन्दीलाई मन्त्री बनाएका छन् ।

    राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार गैरसांसद  बन्दीको सपथ दिउँसो २ बजेका लागि तय भएको छ।

    हाल कानुनमन्त्री पद सम्हालेका दिलेन्द्र बडूलाई भने उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्रीको तयारी छ । यो मन्त्रालय लामो समयदेखि प्राधनमन्त्री आफैंसँग छ । 

    संविधानको धारा ७८ अनुसार प्रधानमन्त्रीको सिफारिसमा गैर सांसदलाई राष्ट्रपतिले मन्त्री नियुक्त गर्न सक्ने छन् । तर यसरी नियुक्त भएको मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता लिनुपर्छ । अन्यथा मन्त्री पद स्वत खारेज हुन्छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार