काठमाडाैं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले निर्वाचनमा भाग लिने सबै राजनीतिक दललाई निर्वाचन आचारसंहिता पालनामा प्रतिबद्धता मात्र नभई व्यवहारमा पूर्ण कार्यान्वयनमा ल्याउन सुझाव दिएका छन् ।
आचारसंहिताको पूर्ण पालनाले मात्र निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित सकिने बताउँदै उनले लोकतन्त्रको सुदृढीकरण र निष्ठाको राजनीति संस्कारलाई स्थापित गर्न आचारसंहिता पालनामा सबैले ध्यान पुर्याउन आवश्यक रहेको बताए ।
संविधानसभामार्फत संविधान जारी गर्ने नेपाली जनताको पुस्तौँदेखिको आकांक्षालाई मूर्तरूप दिन उनकै नेतृत्वमा गठन भएको सरकारले संविधानसभाको दोस्रो सफल निर्वाचन गरेको थियो । उक्त निर्वाचनमा ७८।३४ प्रतिशत मतदान भएको थियो ।
पूर्वअध्यक्ष रेग्मीले भने, ‘नेपाली जनताको हित र समृद्धिमा संविधान कार्यान्वयन गर्दै अघि बढ्ने कार्यमा सबै लाग्नुपर्छ, विशेष गरी राजनीतिक दलको नेतृत्व वर्गको गहनतम दायित्व हो ।’ तीनै तह सङ्घ, प्रदेश र स्थानीय तह० को निर्वाचन गर्नुपर्ने भएकाले आगामी वर्षलाई निर्वाचन वर्षका रुपमा लिन सकिने उल्लेख गर्दै उनले जनताले चाहेका उम्मेदवार र राजनीतिक दललाई मतदान गर्न तथा निर्वाचनमा जनसहभागिता, प्रतिस्पर्धा, स्वच्छता, विश्वसनीयता कायम गर्ने वातावरण बनाउनु सबैको पहिलो कर्तव्य भएको बताए ।
पूर्वअध्यक्ष रेग्मीले भने, ‘प्रजातन्त्रमा जनताको मताधिकार सुरक्षित हुनुपर्छ, त्यो बनाउनु सरकार, राजनीतिक दल र उम्मेदवारको कर्तव्य हो । दलले संयमतापूर्वक मनोमालिन्यरहित वातावरण बनाउन प्रयत्न गर्नुपर्छ, निर्वाचन आयोगले पनि स–साना विषयमा समेत दलका बीचमा परामर्श गरी अघि बढेमा निर्वाचन प्रतिको आस्था र विश्वास जित्न सकिन्छ भन्ने लाग्छ ।’
निर्वाचनमा मत हाल्ने जनता र राजनीतिक दलका बीचमा निर्वाचन प्रतिको आस्था र विश्वासलाई डगमगाउन नदिने वातावरण राज्यका सबै निकायबाट हुन जरुरी रहेको बताउँदै उनले निर्वाचनमा केही कसैबाट कहीँकतै कमी कमजोरी र भुलचुक हुन दिन नहुने बताए ।
निर्वाचनको वातावरण र परिस्थिति निर्माणले नै मतदाताको व्यापक सहभागिता निर्वाचन गर्न सकिने जनाउँदै पूर्व प्रधानन्यायाधीश रेग्मीले भने, ‘आगामी निर्वाचनमा सही गन्तव्य, सही परिवेश, सही परिस्थिति, सही वातावरण निर्माण गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष मतदानमार्फत निष्कलङ्क, कर्मशील र निष्ठावान् व्यक्तिको चयन भएमात्र अनि देशले विकासलगायत हरेक क्षेत्रमा फड्को मार्छ भन्ने मलाई विश्वास छ ।’
पूर्वअध्यक्ष रेग्मीले आगामी निर्वाचनसँगै स्थानीय तह नयाँ चरणमा प्रवेश गर्ने भएकाले जनताका विकास र समृद्धिका चाहनालाई सम्बोधन गर्न स्थानीय तहबाटै जनताले सेवा सुविधा र प्रतिफल पाउने गरी संवेदनशील भई काम गर्न आउने जनप्रतिनिधिलाई सुझाव दिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend