Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कंगोमा ज्यान गुमाएका नेपाली सिपाही सुर्खेतका अनिल गुरुङ


    बुधबार, चैत्र २३ २०७८
    525
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली सेनाले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा अफ्रिकी राष्ट्र कंगोमा खटिएका एक जना नेपाली सेनाको मृत्यु भएको पुष्टी गरेको छ । 

    मृत्यु हुने नेपाली शान्ति सैनिकमा सुर्खेतको गुर्माकोट–१४ निवासी सिपाही अनिल गुरुङ रहेका छन् । 

    उनको उपचारको क्रममा मंगलबार मृत्यु भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी जनाएको हाे । 

    अपरेसन ‘बाली’को दौरान मंगलबार विद्रोहीले अज्ञात स्थानबाट अचानक चलाएको गोली लागी गुरुङ घाइते भएका थिए । 

    घाइते नेपाली शान्ति सैनिकलाई हेलिकप्टरमार्फत उपचारको लागि बुनियाँस्थित लेबल–२ अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

    ‘शान्ति स्थापना जस्तो महान एवं पवित्र कार्यमा संलग्न नेपाली शान्ति सैनिकको आफ्नो कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण भएकोमा निज शान्ति सैनिकप्रति प्रधान सेनापति प्रभुराम शर्माले समस्त नेपाली सेना परिवारको तर्फबाट उहाँको बलिदानीपूर्ण योगदान प्रति उच्च सम्मान प्रकट गर्नु भएको छ,’ सेनाले विज्ञप्तिमा भनेको छ ।

    सिंगो नेपाली सेनालाई नै स्तब्ध बनाएको यस दुःखद् घडीमा शोक सन्तप्त परिवारजनप्रति नेपाली सेनाले समवेदना प्रकट गरेको छ ।                    

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार