Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मेयर मोहः अभिनेता भुवन केसीले पनि काठमाडौंको मेयर पदमा उम्मेदवारी दिने


    बुधबार, चैत्र २३ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा अभिनेता भुवन केसी स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्ने भएका छन् ।

    पार्टीको मंगलबार साँझ काठमाडौंमा बसेको केन्द्रीय कार्य समितिको बैठकले केसीलाई उम्मेदवार चयन गर्ने निर्णय गरेको हो । यस्तै केसीलाई उन्नत लोकतन्त्र पार्टीको परराष्ट्र विभागको अध्यक्षको जिम्मेवारी पनि दिएको अध्यक्ष नेपालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    यसअघि अभिनेता केसी राप्रपा प्रवेश गर्न लागेको चर्चा चलेपनि अन्ततः उनी स्वागत नेपाल नेतृत्वको पार्टीबाट उम्मेदवार बन्ने निर्णय गरेका छन् ।

    उक्त पार्टीको तर्फबाट रेश्मा लामालाई काठमाडौं महानगरपालिकाको उपमेयर पदको उम्मेदवार चयन गरिएको छ ।

    उन्नत लोकतन्त्र पार्टीको चुनाव चिन्ह खुला किताब रहेको छ । उक्त पार्टीका सबै उम्मेदवारले आफ्नो सम्पत्ति विवरण पहिले नै सार्वजनिक गरेर मात्रै उम्मेदवारी दर्ता गर्न पाउने पनि बैठकले निर्णय गरेको छ ।

    आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार