Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लमजुङमा १६ हजार मतदाता बढे


    बुधबार, चैत्र २३ २०७८
    660
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ ।लमजुङमा १६ हजार बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले प्रकाशन गरेको मतदाताको अन्तिम नामावली विवरणअनुसार जिल्लामा १६ हजार ४५ जना नयाँ मतदाता थपिएका हुन् ।

    २०७४ सालमा भएको प्रदेश तथा प्रतिनिधिध सभा निर्वाचनमा जिल्लामा १ लाख १५ हजार चार सय ४९ जना मतदाता रहेका थिए । हाल निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार जिल्लामा १ लाख ३१ हजार चार सय ९४ जना मतदाता कायम भएको छ । यसअघि भएको स्थानीय तह निर्वाचनमा भने जिल्लामा १ लाख ५ हजार ९ सय ९२ मतदाता थिए ।

    जिल्लाको विवरणअनुसार सबैभन्दा धेरै मतदाता सदरमुकामसमेत रहेको बेंसीसहर नगरपालिकामा छन् । बेंसीसहरमा मात्रै १२ हजार चार सय ९१ पुरुष र १३ हजार सातसय १६ महिला सहित २६ हजार दुई सय सात मतदाता कायम भएको पाइएको छ ।

    त्यसैगरी जिल्लामा सबैभन्दा कम मतदाता दुधपोखरी गाउँपालिकामा रहेका छन् । दूधपोखरीमा ४ हजार ५ सय सात पुरुष र ४ हजार ३ सय ८१ महिला सहित आठहजार, आठसय ८८ मतदाता रहेका छन् ।

    जिल्ला निर्वाचन कार्यालय लमजुङले पछिल्लो अद्यावधिकमा मात्रै ९ हजार ६ सय ३० मतदाताको नामावली निर्वाचन आयोगमा पठाएको थियो । सो बाहेक मतदाता नामावली अद्यावधिकका लागि दिएको समय सीमामा परेका निवेदन वा उजुरीको आधारमा जिल्लाबाट १ हजार ३ सय एक जनाको नाम हटाउनका लागि सिफारिस गरेको कार्यालयले जनाएको छ ।

    यसअघिको निर्वाचन पश्चातको अवधीमा बसाइँसराइ वा विवाह भएर अन्यत्र गएका, दोहोरो नाम भएका र मृत्यु भएकाहरूको नामावली हटाउनको लागि आयोगमा सिफारिस भएको निर्वाचन कार्यालय लमजुङका सुचना अधिकारी जिवाखर शर्माले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार