Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमबीबीएस परीक्षामा सेटिङः ५ देखि १८ लाखसम्म ‘डिल’


    मंगलबार, चैत्र २२ २०७८
    765
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा पक्राउ परेका नक्कली विद्यार्थीले क्याटेगोरीअनुसार रकम ‘डिल’ गरी अरूको नाममा परीक्षा दिन परीक्षा हलमा सहभागी भएको खुलेको छ ।

    गत १८ चैतमा एमबीबीएस परीक्षा दिनका लागि अरूको प्रवेशपत्रमा फोटो टाँसेर सहभागी भएका चार जना नक्कली परीक्षार्थीसहित पाँच जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये एक जना भारतीय नागरिकसमेत छन् ।

    महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थीले क्याटेगोरीअनुसार रकम ‘डिल’ गरी परीक्षामा सहभागी भएको पाइएको बताए ।

    ‘उनीहरू क्याटेगोरीअनुसार डिल गरेर अरूको परीक्षा दिन गएका रहेछन्, उनीहरूले ५० हजारदेखि १ लाखसम्म अग्रिम रकम लिएको पाइएको छ, पूरा परीक्षा सकिंएर नतिजा आउँदा ५ देखि १८ लाखसम्म लिनेगरी डिल भएको देखिन्छ,’ महाशाखाका प्रमुख एसएसपी कुँवरले  भने ।

    पक्राउ परेकाहरू क्याटेगोरीअनुसार डिल गरेर अरूको परीक्षा दिन गएका रहेछन्, उनीहरूले ५० हजारदेखि १ लाखसम्म अग्रिम रकम लिएको पाइएको छ, पूरा परीक्षा सकिंएर नतिजा आउँदा ५ देखि १८ लाखसम्म लिनेगरी डिल भएको देखिन्छ। कसले कति दिन सक्छ, कोसँग कति लिन सकिन्छ सोहीअनुसार डिल हुने गरेको रहेछ, जसले जति दिन सक्छ त्यति लिने गरेको अनुसन्धानले देखाएको छ

    उनका अनुसार फुल स्कलरसिपमा नाम निकाल्दा १८ लाखसम्म लिनेगरी डिल भएको पाइएको छ । यसैगरी, पेइङमा नाम निस्केको अवस्थामा सोहीअनुसार रकम लिने तथा पास मात्रै भएमासमेत रकम तोकेरै डिल गर्ने गरेको पाइएको छ ।

    ‘कसले कति दिन सक्छ, कोसँग कति लिन सकिन्छ सोहीअनुसार डिल हुने गरेको रहेछ, जसले जति दिन सक्छ त्यति लिने गरेको अनुसन्धानले देखाएको छ,’ कुँवरले अघि भने ।

    यसरी नक्कली परीक्षार्थी खोज्नका लागि भने सक्कली परीक्षार्थीहरूले आफन्त, नातागोता तथा जेहेनदार विद्यार्थीहरूको साहरा लिने गरेको अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ ।

    पक्राउ पर्नेमा ललितपुरको किस्ट कलेजमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत अमर पण्डित, अनिकेत चौधरी र तेस्रो वर्षमा अध्ययनरत राम आशिष यादव छन् । यसैगरी, भारतीय नागरिक अहमद अन्सारी र परीक्षार्थी सन्नीकुमार साहसमेत पक्राउ परेको प्रहरीले भनेको छ । आरोपीहरूले परीक्षार्थीको नागरिकतासमेत बोकेर परीक्षामा सहभागी भएका थिए ।

    प्रहरीले उनीहरूलाई सीसीआरसी कलेज, एम्बिसन कलेज र कोटेश्वरस्थित ग्रामर स्कुलबाट पक्राउ गरिएको जनाएको छ । एमबीबीएसको इन्ट्रान्स परीक्षामा लामो समयदेखि नै सेटिङका आधारमा करोडौंको चलखेल हुने गुनासा र उजुरी पर्ने गरेको थियो ।आजको राजधानी दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार