Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लुम्बिनी ट्रक यातायात व्यवसायी संघमा पुनः खरेल


    आइतबार, चैत्र २० २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • भैरहवा। लुम्बिनी ट्रक यातायात व्यवसायी संघ सिद्धार्थनगर भैरहवाको अध्यक्षमा पुनः विष्णुप्रसाद खरेल सर्वसम्मत निर्वाचित भएका छन् । संघको १०औं साधारण सभा तथा पाँचौँ अधिवेशनबाट संस्थापक खरेल पाँचौँ कार्यकालको लागि सर्वसम्मत चयन भएका हुन् ।
     
    त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा मधुसूदन आचार्य, प्रथम उपाध्यक्षमा सुनिलराज विष्ट, उपाध्यक्षमा विष्णुप्रसाद सुवेदी र महासचिवमा रुमाखर गौतम सर्वसम्मत चयन भएका छन् । महासचिव गौतम पनि पाँचौँ कार्यकालको लागि सर्वसम्मत चयन भएका हुन् । 

    त्यस्तै सचिवमा बाल किसुन गुप्ता बानिया र सचिवमा सन्तराम पाण्डे निर्वाचित भएका छन् । सचिवका प्रत्याशी लीलाप्रसाद श्रेष्ठलाई पछि पार्दै बानिया र कोषाध्यक्षका प्रत्याशी वसन्त भट्टराईपछि पार्दै पाण्डे निर्वाचित भएका छन् । 

    सदस्यमा रबिन खरेल, झवीन्द्र कुमार चोखला, जगदिसप्रसाद चौधरी, कमलेस गौतम र बैजनाथ यादव निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृत जगत बहादुर रायमाझीले जानकारी दिए । 

    निर्वाचित कार्यसमितिले आइतबार पदभार ग्रहण गरेका छन् । निर्वाचित अध्यक्ष खरेलले निर्वाचनसँगै आफूमाथि थप जिम्मेवारी आएको भन्दै सबै व्यवसायी सघं सहकार्य गरेर व्यवसायीको हकहितमा लाग्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार