Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तीन महिनामा टिआइएबाट ६ लाख ४० हजारभन्दा बढीले गरे आवतजावत


    आइतबार, चैत्र २० २०७८
    615
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो तीन महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट ६ लाख ४० हजार ८१८ जनाले आवतजावत गरेका छन् । 

    अभ्यागमन विभागका अनुसार सन् २०२२ जनवरी देखि मार्चसम्म तीन महिनाको अवधिमा उनीहरुले टिआइएबाट आवतजावत गरेका हुन् । 

    आवतजावत गर्नेमध्ये २ लाख ८६ जना ४४२ जना नेपाल प्रवेश  गर्नेहरु थिए भने ३ लाख ५४ हजार ३७६ जना नेपालबाट बाहिरिनेहरु थिए । 

    उक्त अवधिमा टिआइएबाट आवतजावत गर्नेमा ४ लाख ९२ हजार ७४३ जना नेपाली र १ लाख ४८ हजार ७५ जना विदेशी रहेका थिए । 

    बितेको तीन महिनामा ७८ हजार ७४७ जना विदेशी नेपाल आएका थिए भने ६९ हजार ३२८ जना विदेशी नेपालबाट स्वदेश फर्केका थिए । 

    सोही अवधिमा टिआइए हुँदै २ लाख ७ हजार ६९५ जना नेपाली स्वदेश फर्केका थिए । उक्त समयमा २ लाख ८५ हजार ४८ जना नेपाली विभिन्न देश गएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार