ललितपुर । स्थानीय निर्वाचनको मिति नजिकिएसँगै दक्षिण ललितपुरको बागमती गाउँपालिकामा एमाले र कांग्रेसमा एक अर्काका नेता कार्यकर्ता प्रवेश गराउने प्रतिस्पर्धा चलेको छ ।शनिबार एकै दिन कांग्रेस एमालेले एउटै ठाउँमा कार्यक्रम गरेर नेता कार्यकर्तालाई आफ्नो पार्टी प्रवेश गराएका छन् ।
ललितपुरको सातकन्या मैरैस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राडर क्षेत्रमा एमालेले बागमती गाउँपालिका कमिटीले प्रशिक्षण भेलामा ९० जना नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएको थियाे । त्यस्तै नेपाली कांग्रेसले पालिकाको सदरमुकाम छपेलीमा प्रशिक्षण कार्यक्रममा ५० भन्दा धेरै स्थानीयलाई पार्टी प्रवेश गराएको छ ।
बागमती गाउँपालिका कमिटीका अध्यक्ष नवराज सन्जेलले नेपाली कांग्रेस,माओवादी केन्द्रबाट ९० जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको बताए । उनले भने, ‘नेपाली कांग्रेसबाट गाउँपालिकाको बोर्ड सदस्यमा निर्वाचित भएका गिम्दीका मदन विकसहित झण्डै ९० जना युवा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।’
शनिबारै नेपाली कांग्रेसले पनि छपेलीमा प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । एमालेलगायत पार्टीबाट करिब ५० जना कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको कांग्रेस पालिकाका पूर्वसभापति विष्णुप्रसाद तिमल्सिनाले बताए । उनले भने, ‘लामो समयदेखि एमालेमा आबद्ध मुकुन्द दाहाल, सरस्वती दाहाल, केदार दुलाल, कुमार जिम्बा, राजु बजुलगायत ५० जना कांग्रेसमा प्रवेश गरेका छन् ।’ कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य, उदयशमशेर राणा, महिला नेतृ ईश्वरी न्यौपाने, नेताहरु मीनकृष्ण महर्जन, वीरबहादुर लोप्चन,गजेन्द्र महर्जन, विष्णुप्रसाद तिमल्सिनालगायत सहभागी थिए ।
एमालेको प्रशिक्षण तथा वनभोजसहितको प्रशिक्षण कार्यक्रममा गाउँपालिकाका सातैवडाका झन्डै एक हजार नेता कार्यकर्ता भेला भएको उनले बताए । ‘हामीले ५-६ सयको संख्यामा मात्रै स्थानीय नेता कार्यकर्ता आउँछन् भन्ने सोचेका थियौं । तर उत्साहजनक सहभागिता रह्यो,’ पलिका अध्यक्ष सञ्जेलले भने ।
कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज सुशीला नेपाल, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज हरिकृष्ण व्यञ्जनकार,संघीय सांसद नवराज सिलवाल, प्रदेश सांसद चेतनाथ सन्जेल, प्रदेश कमिटी सचिवालय सदस्य मधुसुदन पौडेल, प्रदेश कमिटी सदस्यहरू गोपाल सन्जेल, रामचन्द्र दाहाल, रामकृष्ण हुमागाईं, बाबुकाजी प्रधान, जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्यलगायत सहभागी थिए ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend