Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पनौतीको चारकिल्लामा अनिश्चितकालीन कर्फ्यु जारी


    मंगलबार, चैत्र ४ २०७६
    655
    Shares
  • २ मिनेट पाठ
  • पनौती, ४ चैत । टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि चर्किएको प्रदर्शन नियन्त्रणका लागि पनौतीको चारकिल्लामा मंगलबार अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेकोप्रशासनले मंगलबार बिहान कर्फ्यु आदेश जारी गरेको छ ।जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले पनौतीको चारकिल्लामा बिहान ९ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो । 

    प्रदर्शन चर्किएपछि अहिले बिहान ९ बजेदेखि अर्को व्यवस्था नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको प्रशासन कार्यालयले जानकारी दिएको छ । 

    जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) श्रवणकुमार तिमिल्सिनाले तिमिल्सिनाका अनुसार पनौतीको पूर्व शंख जानेबाटोको चौकीसम्म ८०० मिटर क्षेत्र र पश्चिममा कुशादेवी जानेबाटोको १ किलोमिटरसम्म कर्फ्यु आदेश जारी गरिएको छ । त्यस्तै, बनेपा जाने ठाडोबाटोको १ किलोमिटर क्षेत्र र देखाञ्चोकतर्फको १ किलोमिटर मिटर क्षेत्रमा पनि कर्फ्यु लगाइएको छ ।

    कर्फ्युपछि अवस्था सामान्य रहेको र समस्या समाधानका लागि प्रशासनले प्रयास गरिरहेको प्रजिअ तिमिल्सिनाले जानकारी दिए । ‘पीडित र सवारी धनीलाई हामीले वार्तामा बोलाएका छौं,’ उनले भने, ‘दुवै पक्ष राखेर निकास निकाल्छौं ।’

    सोमबार साँझ टिपरको ठक्करबाट आमा–छोरीको मृत्यु भएपछि पनौती तनावग्रस्त भएको थियो । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ३ प्रहरी र चार प्रदर्शनकारी घाइते भएका छन् । आक्रोशित भीडले प्रहरी बिटमा आगजनी गरेको थियो । त्यसक्रममा गोलीसमेत चलेको थियो । तर गोली कसले चलायो भन्नेबारे खुलेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार