धनगढी । कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गोदावरी नगरपालिका–३ का ३८ वर्षीय बिनोद बोहराको शव आफन्तले बुझेका छन् ।
शुक्रबार साँझ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका बोहराको चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको अस्पताल तोडफोड गरेका स्थानीयले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने सहमती भएपछि शनिबार शव बुझेका हुन्छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने, प्रमुख जिल्ला अधिकारीको समन्वयमा घटनाको छानविन गर्ने र प्रदर्शनको क्रममा घाइते भएकाहरुको उपचार गर्ने सहमतिपछि स्थानीयले विरोधका कार्यक्रम फिर्ता लिएको जानकारी दिए । डीएसपी जोशीका अनुसार आफन्तले शनिबार नै शव बुझेका हुन् ।
चिकित्सकको लापरवाहीका कारण बोहराको मृत्यु भएको भन्दै शनिबार बिहान आक्रोशित स्थानीयले पद्मा अस्पतालमा ढुङ्गामुढा प्रहार गरेपछि अस्पताल भवनका सिसा फुटेका छन् । अस्पतालको एम्बुलेन्स र भ्यानमा समेत क्षति पुगेको छ । उनीहरुले अत्तरियामा प्रदर्शन गर्दै सवारीसाधन समेत चल्न दिएका थिएनन् ।
सो क्रममा प्रहरीले बल प्रयोग गर्दा दुवै पक्षबीच झडप भएको थियो । झडपका क्रममा पाँच जना प्रहरीसहित ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले १९ राउण्ड अश्रु ग्याँस समेत प्रहार गरेको थियो ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend