Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आइपीएल गुजरात र राजस्थानको जित,दिल्लीको पहिलो हार 


    आइतबार, चैत्र २० २०७८
    2.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार भएको खेलमा गुजरात टाइटन्स र राजस्थान रोयल्सले जित निकालेका छन्  ।

    गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गर्दै लगातार दोस्रो जित निकाल्यो । १७२ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ९ विकेट गुमाएर १५७ रनमा समेटियो । 

    दिल्लीका कप्तान ऋषव पन्तले सर्वाधिक ४३ रन बनाए । ललित यादवले २५, रोभमन पावेलले २० बनाए । गुजरातको जितमा लोक्की फर्गुसनले ४ तथा मोहमद शामीले २ विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाएको थियो । उसका शुभम गिलले सर्वाधिक ८४ रन बनाए । डेबिड मिलरले अविजित २०, हार्दिक पाण्डेयले ३१, विजय शंकरले १३ रन बनाए  । 

    अर्को खेलमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई  २३ रनले पराजित गरेको छ ।  १९४ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १७० रन मात्र बनायो ।

    मुम्बईका  तिलक बर्माले सर्वाधिक ६१ रन बनाए । इशान किसनले ५४ रनको योगदान गरे ।  राजस्थानको जितमा युज्भेन्द्र चाहाल र नभदीप शैनीले समान २ विकेट लिए ।
        
    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १९३ रन बनायो ।  राजस्थानका जोस बट्लरले १०० रन बनाए । सिमरन हिटमायरले ३५ र कप्तान सन्जु सामसनले ३० रनको योगदान गरे । 

    मुम्बईका जस्प्रित बुम्रा र त्यामल मिल्सले समान समान ३ विकेट लिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार