कमठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्न नयाँदिल्लीस्थित हैदराबाद हाउस आइपुगेका छन् । तीनदिने भ्रमणका क्रममा शुक्रबार नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीसँगको भेटवार्ताका लागि हैदराबाद हाउस आइपुगेका हुन् ।
पाँचौं पटकको प्रधानमन्त्रित्वकालमा देउवाको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।
दुईपक्षीय भेटवार्तापछि केही बेरमा दुवै देशका प्रधानमन्त्रीले नेपाली रेलको उद्घाटन कार्यक्रम गर्ने तयारी छ । दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएपछि नेपाल रेल्वे कम्पनीको रेल गुड्ने छ ।
शुक्रबार भारतको राजधानी नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले तीनदिने भ्रमणको सुरुवात सत्तारूढ भारतीय जनता पार्टीको मुख्यालयबाट गरेका छन् ।
कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा दिल्ली उत्रिएलगत्तै भाजपाको कार्यालय गएका थिए । उनले त्यहाँ भाजपा अध्यक्ष जेपी नड्डालगायतका प्रतिनिधिसँग भेटघाट गरेका थिए ।
त्यस्तै शुक्रबार नै उनीसँग भारतीय विदेशमन्त्री एस जयशंकरले भेटघाट गरेका थिए भने साँज नेपाली दूतावासले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend